Episodes
-
हाम्रो सानोतिनो असावधानी या अज्ञानताले जीवनमा ठूलो समस्या निम्तिन सक्छ । वास्तवमा हाम्रो समाजलाई नियाल्ने हो भने यस्ता थुप्रै घटनाहरु पाईन्छ । र यस्ता जानअन्जान गलत कार्यहरु हामीहरुबाटै भईरहेको हुन्छ । आज यस्तै एउटा कथा प्रस्तुत गर्नेछु ताकि यस कथाबाट हामीले सिक्न र सचेत भएर यस्ता दुर्घटनाबाट बच्न सकौं भन्ने मेरो उद्देश्य हो । सुनिता तामाङ ओखलढुंगा खिजिदेम्बा गाउँपालिका खिजिफलाटेका हुन । उनी ओछ्यान परेको १ वर्ष बढि भईसक्यो । उच्चरक्तचापको समस्याले उनी ढल्न पुगे । आर्थिक अवस्था कम्जोर भएका उनको रिनपान गरेरै उपचार गरे पनि हातखुट्टा चल्न सकेका छैनन । उपचार गर्दाको रिनको भारले थिचेको छ । यसरी उनी स्वस्थ नहुनु, रिनको भार र सानो नानीहरु उनीहरुको अवस्थाले उनमा मानसिक समस्या समेत देखिन थालेको छ । म उनकै घरमा पुगेर सुनिता र उनका श्रीमानसँग कुराकानी गरेकी छु । बाँकी चाहि उनीहरुसँगको कुराकानी बाट न ै ःःःःःःःःः
-
रक्स्याहापन एउटा सामाजिक रोग हो । अधिकाँश अपराधका घट्नाहरु मादक पदार्थ सेवनकै कारण हुने गरेको छ । मादक पदार्थ सेवनले धन,जन र मनको क्षति गर्दछ । खास रक्स्याहापन के हो ? मानिसहरु कसरी रक्सीको लतमा फस्दछन ? रक्सीले कसरी सामाजिक, आर्थिक, मानसिक र स्वास्थ्यमा असर गर्दछ ? कसरी रक्स्याहापनबाट बच्न सकिन्छ ? यसबारे मैले ओखलढुंगा सामुदायिक अस्पताल सामाजिक विभागका मनोविमर्शकर्ता जङ्गी राईसँग कुराकानी गरेकी छु । कार्यक्रमका लागौं कुराकानी तर्फ नै ःःःःःःः
-
Missing episodes?
-
रिता कुमारी श्रेष्ठ ओखलढुंगा खिजिदेम्बा रगनीका हुन । उच्चरक्तचापको समस्याका कारण उनी ढल्न पुगे । उनको उपचारको लागि लाखौं खर्चिए पनि उनी पुर्ण रुपमा निको हुन सकिनन । उनका दुई सन्तान पनि छन । उनमा समयस्या भए पछि उनको हेरचाह उनका बुबाआमाले नै गर्दै आएका छन । मानसिक सन्तुलन गुमे पछि उनले आफुले के बोल्दैछु भन्ने कुरा पनि हेक्का हुँदैन । उनी कतै बाटो लागे भने घर फर्किन जान्दिनन । त्यसैले उनलाई एउटा कोठा भित्र थुनेर राख्न उनका आमाबुबा बाध्य छन । उनीहरुकै घरमा पुगी रिता र उनका बुबासँग भलाकुसारी गरेकी छु । बाँकी चाँहि भलाकुसारीबाट नै ःःःःःःःःः
-
श्रोता आजको बसाईमा मानसिक रोगका प्रकारहरु मध्ये छारेरोगको बारेमा जानकारी पाउन सक्नु हुनेछ । यसलाई कतिपय ठाउँमा छोपुवा व्यथा पनि भन्ने गरिन्छ । छारे रोग भनेको के हो ? के कारणले यो रोग लाग्ने गर्दछ ? छारेरोग लागेको कसरी थाहा पानउे ? र यसको उपचारबारे ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डाक्टर शिखा मास्केसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फनै ःःःःःःःःःःःःःःःःःःःःः
-
सबै समस्याको समाधान आत्महत्या होइन । बरु आत्महत्याले धेरै समस्याहरु निम्त्याउँदछ । श्रोता गतहप्ता यसै ओखलढुंगा सामुदायिक अस्पतालका नर्सिङ्ग प्रमुख कृष्टिना पृथीसँग गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारीत समय सकिएको थियो । र कुराकानीको बाँकी अंश आजको कार्यक्रममा जोड्ने बाचा गरेकी थिएँ । यसर्थ अब लागौं कार्यक्रममा कुराकानी तर्फ नै ःःःःःःःःः
-
आत्महत्याका थुप्रै कारणहरु छन । तर धेरै मानिसहरु मानसिक समस्याबाट गुज्रिएर आत्महत्यासम्म पुग्दछन । आत्म हत्या गर्न कसैलाई रहर हुँदैन । अनि सबैलाई थाहा छ कि आत्महत्या गर्नु महापाप हो । तर पनि आज विश्वमा आत्म हत्या गर्नेको संख्या वृद्धि भईरहेको छ । सन २०२१ २२ मा विश्वमा ७ लाख भन्दा धेरै मानिसहरुले र नेपालमा ७ हजार भन्दा बढिले आत्महत्या गरेको तथ्यांकमा छ । र पछिल्लो समय ओखलढुंगामा पनि आत्महत्या वृद्धि भईरहेको छ । तसर्थ आजको बसाईमा आत्महत्या के हो ? मान्छेले किन आत्महत्या गर्छ ? यसैबारेमा जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालका नर्सिङ्ग प्रमुख कृष्टिना पृथीसँग कुराकानी गरेको छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै ःःःःःःःःः
-
वाङ्डु शेर्पा परिवारको जेठा सन्तान हुन । १४ वर्ष पुगिसके तर उनी जन्मै अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा भुसिङ्गा उनको घर । वाङ्डा बोल्न, हिंड्डुल गर्न सक्दैनन । सबै कुरा अरुले नै गरिदन पर्छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सञ्चालन भएका सबै परियोजना मार्फत त्यो परिवारले सहयोग प्राप्त गरेको छ । हाल अस्पताल अन्तर्ग समुदायमा आधारिक पुर्नस्थापना कार्यक्रमले पनि त्यो परिवारलाई सघाई रहेको छ । मैले वाङ्डु शेर्पाका बुबा फुर्वा वाङ्डु शेर्पा र पुर्नस्थापना कार्यक्रमका सामाजिक परिचालक ङिम्टि शेर्पासँग भलाकुसारी गरेको छु । अब कार्यक्रम लागौं भलाकुसारी तर्फ नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
आजको बसाईमा मानसिक रोग सम्बन्धि केही जानकारी पाउन सक्नु हुनेछ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत मानसिक स्वास्थ्य विभागका परामर्शकर्ता अम्बिका पुलामीसँग कुराकानी गरेकी छु । कार्यक्रममा कुराकानी तर्फ नै ःःःःःःःःः
-
आजको बसाईमा १४ वर्ष देखि मानसिक समस्या भोगिरहेका एक परिवारको दुःखद कथा सुन्ने छौं । धन बहादुर बस्नेत ओखलढुंगा खिजिदेम्बा भुसिङ्गाका हुन । १४ वर्ष अघि देखि उनका श्रीमती मानसिक रोगले ग्रसित छिन । उपचारका लागि केही अस्पतालहरुमा पनि नलगेको होइन । तर पनि केही सीप नलागे पछि परिवारै पिडित बनेका छन । अहिले ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारिक पुर्नस्थापना कार्यक्रमको सहयोगमा उपचार पाउन थाले पछि श्रीमतीको समस्या केही कम भएको छ । मानसिक समस्याबाट पिडित परिवारको बारेमा मैले धन बहादुर बस्नेतसँग भलाकुसारी गरेको छु । अब कार्यक्रममा लागौं भलाकुसारी तर्फ नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
सरकारले अपाङ्गता भएकाहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । तर अपाङ्गता भएका व्यक्तिहरुलाई यसबारे थाहा नुहुनु, शिक्षकहरुले चासो नदिनाले यस सेवाबाट अपाङ्गता भएका व्यक्तिहरु वञ्चित भएका छन । आजको बसाईमा एक अपाङ्गताका अभिभावक, शिक्षक र अपाङ्गता समन्वय समितिका सदस्यसँग गरिएको भलाकुसारी सुन्नेछौं । तिलक कुमार विश्वकर्मा ओखलढुंगा खिजिदेम्बा रावादोलुका हुन । उनका कान्छा छोरा शारिरीक रुपमा अपाङ्गता छन । तिलकसँग सासायिक विषयमा छलफल गरिएको छ । अब बाँकि चाँहि भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
चित्र माया सुनुवारमा १२ १३ वर्षको उमेर देखि मानसिक समस्या शुरु भयो । उनका परिवारले उपचारका लागि कयौं धामीझाँक्री देखि लिएर बाबाजी, सन्यासी कहाँ पुर्याए । अस्पताल पनि नपुर्याएका होइनन । तर उनको समस्या २० देखि १९ मा झरेन । अनि उनले २५ वर्ष भन्दा बढि एउटा खोरमा पशु झैं जीवन बिताई रहेकी छिन । खै उनका लागि मानव अधिकार लागु हुन्छ कि हुँदैन ? मानव अधिकारवादीहरुलाई सोध्न मन छ । म केही समय अघि उनको घरमा पुगें । उनको घर जाँदै गर्दा अचानक भिषण वर्षा भयो । निथ्रुक्कै भिजेको भएता पनि चित्र मायाको अवस्था देख्दा आफु भिजेको वा चिसो असजिलो भको महसुसै भएन । ओखलढुंगा खिजिदेम्बा ६ वन्सेमा उनको घर । मैले चित्रमायाको बुबा र आमासँग भलाकुसारी गरें । ती वृद्ध भईसकेका आमाबुबाको मनमा चित्रमाया कै लागि चिन्ता देखिन्थ्यो । अब बाँकी चाँहि कुराकानी बाट नै ःःःःःःःःः
-
आज ओखलढुंगा जिल्लाको पल्लोछेउ भुसिङ्गाका एक अपाङ्गता भएकी बेद माया बस्नेत र उनका श्रीमानसँग गरिएको भलाकुसारी सुन्न सक्नु हुनेछ । बेद मायालाई उच्च रक्तचापले ढाले पछि अपाङ्गता हुन पुगिन । उनको दाहिने पट्टिको हात र खुट्टा चल्दैन । उनको स्याहार उनका श्रीमानले गर्दै आएका छन । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका कर्मचारीले फिजियो थेरापीमा सहयोग गरे पछि उनमा केही सुधार आएको छ । यसै कार्यक्रमले उनीहरुको आँगनमा व्हीलचियर गुडाउन मिल्ने, अपाङ्गता मैत्री चर्पी बनाउन सहयोग गरेको रहेछ । अब उनीहरुको घरैमा पुगी उनीहरुसँग गरिएको भलाकुसारी सुनौं ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
आजको बसाईमा एकजना शारिरीक अपाङ्गता भएका व्यक्तिसँग गरिएको भलाकुसारी सुन्न सक्नु हुनेछ । नेत्र बहादुर कार्की ओखलढुंगाको खिजीदेम्बा रावादोलुका हुन । उनी त्यो वडाको अपाङ्गता समन्वय समिताका अध्यक्ष पनि हुन । अब बाँकी चाहिँ कार्कीसँग गरिएको भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
छेवाङ तामाङ ३२ वर्षका भए । उनको ओखलढुंगा खिजिदेम्बा ५ खिजिफलाटे हो । उनलाई मानसिक समस्या शुरु भएको १० वर्ष भन्दा बढि भयो । उपचारको लागि काठ्माण्डौसम्म नपुगेका पनि होइनन । तर मैले बुझे अनुसार उनले निरन्तर औषधी सेवन गरेनन । अब बाँकी चाँहि उनकै घरमा पुगेर छेवाङ र ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रममा सेवारत उनकी बहिनी रेजिना तामाङसँग गरिएको कुराकानी सुनौं ःःःःःःःःः
-
अपाङ्गता भएका व्यक्तिलाई जति पिडा हुन्छ त्यस्तै पिडा उनका परिवारलाई पनि हुन्छ । म ओखलढुंगाको खिजीदेम्बा रावादोलु पुग्दा एउटा घरमा वृद्ध बाबा र दुई जना बोल्न नसक्ने अधवैंसे पुरुष घरको आगनमा थिए । उनीहरु अपाङ्गता हुन भनेर ठम्याउन गाह्रो थिएन । नजिकै अर्को घर पनि थियो । तर मलाई मनमा ती वृद्ध र दुई जना पुरुषहरु मात्रै घरमा बस्ने हुन कि भन्ने जिज्ञासा लागेर सोध्दा त्यहाँ नजिकै भएको घर ती वृद्ध बुबाका कान्छा छोराका घर रहेछ । उनीहरुको बारेका केही बुझ्न मन लाग्यो । उनका कान्छा छोरासँग कुरा गर्न मन लाग्यो । साँझ पर्न लागेको थियो तर पनि मलाई उनीहरुको बारेमा केही बुझ्न मन लागेकोले भलाकुसारी गरेकी छु । अब बाँकी चाँहि ती वृद्ध बुबाका कान्छा छोरासँगको भलाकुसारी सुनौं ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
चन्द्रिका सुनुवार ओखलढुंगा खिजिदेम्बा १ रगनीका हुन । उनी ओभरसियर इन्जिनियर हुन । उनका जेठो दाई नेपाली सेनामा सेवा गर्थे । नेपाली सेनाबाटै शान्तिसेनाका लागि उन्डेसिया पुगेका थिए । तर उनको मुटुको क्यान्सर भए पछि ८ महिना मै नेपाल फर्किए । सैनिक छाउनी अस्पतालमा उनको उपचार हुँदै थियो । चन्द्रिकाले आफ्नो बिरामी दाईको स्याहार गरिन । उनी बिशेषकाम लिएर केही दिनको लागि घर आएका थिए । त्यहि समयमा उनको दाईको निधन भयो । दाईको मृत्युको दुःखद खबरले चन्द्रिकामा मानसिक रोग शुरु भयो । उनले निन्द्रा, भोक प्यास थाहा पाएनन । एकोहोरो, दौडेको दौडेई, उनले परिवारको कसैलाई चिन्दैनथे । परिवारले धामीझाँक्रीमा धेरै खर्च गर्यो । धामीले पनि भुतप्रेत टुनामुना लगाएकोले उनलाई जुनसुकै ठाउँमा लगे पनि उपचार नहुने बताए पछि परिवारमा सहिनसक्नुको पिडा भयो । चन्द्रिकाको माईला दाई अपाङ्गता हुन । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका कर्मचारीले उनको दाईलाई भेट्न पुग्दा चन्द्रिकाको त्यो बेहाल देखे पछि उनीहरुले उनलाई मानसिक समस्या भएकोले उपचारमा लैजान सल्लाह दिए । सल्लाहसँगै रेफरको चिठ्ठिी आउने जाने गाडीभाडा समेत संस्थाले प्रदान गर्यो । पाटन मानसिक अस्पतालमा करिब डेढ महिना उपचार गरे पछि अहिले चन्द्रिका निको भएकी छिन । म केही दिन अघि चन्द्रिका कै घरमा पुगी उनी, उनका अपाङ्गता दाई, आमा र बुबासँग कुराकानी गरेको छु । अब बाँकी चाँहि कुराकानी बाट न
-
जीत माया परियार शारिरीक अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा १ रगनी उनको घर । उनी जन्मिदै अपाङ्गता जन्मिन । उनको खुट्टा अलि छोटो छ र सानो पैंताला फर्केको कारण हिंन्डुल गर्न सहज छैन । उनले यसै वर्ष एसईईको परिक्षा दिएकी छिन । उनको संघर्षको कुराले म पनि चकित भएँ । किनकी अरु १५ २० मिनेटमा हिंडेर पुग्ने विद्यालयमा उनी ३ घण्टा लगाएर हिंडेर जान्थे । मैले भेटेको मध्ये यति दुःख र मेहनत गरेर पढेको पहिलो व्यक्ति हुन जीतमाया । जीवनमा धेरै दुःख संघर्ष गरेर उनी यहाँसम्म आईपुगेकी छिन । तर २ वर्ष अघि ओखलढुंगा सामुदायिक अस्पतालले सिबीआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम उनकै गाउँमा पुग्यो । जसले जीतमायालाई उनको खुट्टामा फिजियो थेरापी गरिदियो र वैशाखी पनि प्रदान गरे पछि भने उनलाई धेरै सहज भयो । तसर्थ कक्षा १० भने उनको विद्यालय पुग्न लाग्ने ३ घण्टा समय घटेर ४५ मिनेटमा पुग्न थाल्यो । केही दिन अघि उनकै घरमा पुगी जीतमाया र उनकी आमासँग भलाकुसारी गरेकी छु । उनको घरमा पुग्दा पानी परिरहेकोले अलि असहज भएको थियो । अब बाँकि चाँहि भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
-
श्रोता गत हप्ता तपाईले ओखलढुंगामा मानसिक रोगीहरुको लागि सेवा पुर्याउँदै आउनु भएका नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्माको अनुभव र भोगाई बारे गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारित समय सकिएको थियो । त्यसैके कुराकानीको बाँकी अंश आजको कार्यक्रममा पस्कने बाचा गरेकि थिएँ । तसर्थ अब कार्यक्रममा लागौं चिकित्सक शर्मासँग गरिएको कुराकानी तर्फ नै ःःःःःःःःः
-
होचोपुड्को पनि अपाङ्गताको एक समस्या हो । सामान्यतया भन्दा उच्चाई कम हुनु होचो पुड्को हो । यस्ता किसिमका अपाङ्गता भएका व्यक्तिहरु पनि हाम्रा समाजमा छन । आज यस्तै होचोपुड्कोको समस्या भएको एक व्यक्तिसँगको कुराकानी सुन्ने छौं । केशर बहादुर भुजेल खिजिदेम्बा रावादोलुका हुन । उनमा होचोपुड्कोको समस्या छ । अपाङ्गता भएकै कारण उनले आफ्नै परिवारबाट समेत हेलाहेल्सि खेप्न पर्यो । अहिले पनि उनी एक्लै संघर्ष गरिरहेका छन । अब बाँकी चाँहि भुजेसँग गरिएको भलाकुसारी बाट
-
आजको बसाईमा एक घरको दुई दाजुभाईको कथा सुनाउने छु । ओखलढुंगा खिजिदेम्बा रावादोलुका तिलक बहादुर र उनका दाई शिव वहादुर बस्नेत दुवै जना अपाङ्गता हुन । तिलक कुष्ठरोग लागेर र उनको दाई जन्मै अपाङ्गता हुन । ६७ वर्षका तिलक र उनका दाई दुवै अविवाहित हुन र उनीहरु दाजुभाई मात्रै घरमा बस्छन । अपाङ्गता र अत्यन्तै आर्थिक अवस्था कम्जोर भएका उनीहरुलाई ओखलढुंगा सामुदायिक अस्पतालले उनीहरुलाई टेवा दिदै आएको छ । अब बाँकी चाँहि उनीहरुको घरैमा पुगी उनीहरुसँग गरिएको भलाकुसारी सुनौं ःःःःःःःःःः
- Show more